, हल्दिवारी गाउँ पालिका  बिकास निर्माण , धार्मिक सास्कृतिक ,पर्यटकीय तथा शिक्षाको क्षेत्रमा अग्रणी रुपमा परिचित हुँदै समृद्धिको गोरेटोमा अगाडि बडेको पाइन्छ ।

हल्दिवारी विश्व मानचित्रमा २६.३३,२६ उत्तरी आक्षस देखि ८८.१,१२ पुर्व देसाट्तेत्ग्फन्तरमा रहेको छ भने गापाको कुल क्षेत्रफल ११७ वर्ग किलोमीटर अर्थात ४५.३५ बर्ग माइल रहेको पाइन्छ भने नेपालको कुल भुभागको ०.०७९% र झापाको ७.७१ % भुभाग हल्दिवारी गाउँपालिकाले ओगटेको छ।

एसियाकै जैविक विविधता भएको जलथल जङ्गल पनि यसै गाउँ पालिकामा पर्दछ। यहाँ हात्ती ,मृर्ग ,हरिन ,बदेल ,जंगली बिरालो ,खरायो ,दुम्सी ,सालक बताएपछि बादर जडु लगायतका जनावर देख्न पाइन्छ भने करिब २ सय भन्दा बढी जातका चराचुरुङ्गी समेत पाइने गरेको ,यहाँ हिउँद लागेपछि बाहिरी मुलुक बाट चराचुरुङ्गीहरुको हुलनै आउने गरेको बन क्षेत्रमा काम गरिरहेका बन समुहका अगुवाहरु बताउछन् ।

गाउँ पालिकाले आन्तरिक तथा बाहिय पर्यटनलाई मध्य नजर गर्दै वडा नम्बर -२ मा रहेको भेलागुढी जङ्गल लाई पर्यटकीय गन्तव्यको रूपमा बिकास गर्न गाउँ पालिकाको तेस्रो गाउँसभाले गौरवको आयोजनाको रुपमा अगाडि बढाउन निर्देशन गरे अनुसार हाल दुर्तगतिमा काम भइरहेको गाउँ पालिका उपाध्यक्ष डम्बर बहादुर गिरि बताउनु हुन्छ ।

उपाध्यक्ष गिरिका अनुसार भेलागुढी सामुदायिक बन उपभोक्ता समूह सगको साझेदारीमा गरिब ८ करोडको लागतमा चिल्ड्रेन पार्क ,भ्यु टावर ,पानीका फोहरा ,१ हजारसम्म अटाउन सक्ने सुबिधा सम्पन्न सभा हल , सिमसार क्षेत्र ,लोकतान्त्रिक आन्दोलनमा साहजाद प्राप्त सहिदहरुको सालिक तथा सुबिधा सम्पन्न इ-लाइवेरी तथा पुस्तकालय रहने छ्न ।

झापाको सदरमुकाम चन्द्रगढी देखि ३ किलोमिटर तथा व्यापारीक केन्द्र बिर्तामोडबाट ७ किलोमीटर दुरिमा रहेको यश भेलागुढी सिमसार क्षेत्रले यहाका करिब २ सय जनालाई प्रत्यक्ष रोजगारी दिनेछ भने ५ हजार परिवारको जिविकोपार्जनमा सुधार आउन सक्ने भएको ले नै यसलाई गौरवको आयोजनाको रूपमा अगाडि बडाएको गिरिको भनाई छ ।

उता साझेदार सस्था भेलागढी सामुदायिक वन उपभोक्ता समूह पनि उत्साहका साथ परियोजनालाई सम्पन्न गर्न लागेको र १ करोड ५० लाख बराबरको काम गरि सकेको समुहका अध्यक्ष नारायण प्रसाद लुइँटेल बताउछ्न ।९१.५६ हेक्टरमा फैलिएको यश जङ्गल ,हल्दिवारी गापा ,भद्रपुर नपा तथा बिर्तामोड नपाको क्षेत्रमा अवस्थित रहेको पाईन्छ ।१५३२ परिवार सामुदायिक बनको सदस्य रहेका छ्न भने यस सिमसार क्षेत्र बाट हुने आम्दानीको ६५% यसै समुहले समुहको लागि खर्च गर्न सक्ने छ्न ।

सामुदायिक बनले हालसम्म २७ वटा पिकनिकलाई मध्य नजर गर्दै गोलघरको निर्माण गरेको छ भने एउटा ढुङ्गा चलाउन मिल्ने पोखरी तथा पोखरीको बिचमा कलात्मक काठेपुल बनाईसकेको देख्न सकिन्छ । करिब ९०% नया सखुवाको रुखले भरिएको जङ्गललाई देउनिया तथा हर्चना खोलाले झन रमणीय बनाएको छ ।

आगामी २ बर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको आयोजनाको लागि ६ करोड ५० लाख ३ हजार ४ सय २६.६५ पैसाको डिपिआर अनुसारको बोलपत्र समेत आईसकेकोले यश आयोजनाले हल्दिवारीलाई चिनाउन महत्त्वपूर्ण भुमिका खेल्ने भएकोले नै प्रदेश सरकारको अनुदानमा काम अगाडि बढाइएको गाउँ पालिका प्रशासकीय अधिकृत सन्तोष घिमिरे बताउछ्न ।

भेलागढी तथा जलथल जङ्गललाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्दै आन्तरिक तथा वाहय पर्यटक भित्र्याउने लक्ष्यका साथ गाउँ पालिका सामुदायिक बनको साझेदारीमा अगाडि बडेको छ ।हल्दिवारीमै मात्र ७ वटा सामुदायिक बनहरुले बनको सुरक्षा तथा आन्तरिक आम्दानी गर्दै लक्ष्यित समुदायलाई सहयोग पुर्याउदै आएको छ ।जलथल जङ्गल ६२ सय हेक्टरमा फैलिएको बन हो भने सेस्तामा यो जङ्गल साबिक जलथल तथा हाल हल्दिवारी गाउँ पालिका कै क्षेत्र अधिकारमा रहेको देखिन्छ ।

गाउँ पालिकाले बनहरुको साझेदारीमा बिकास निर्माणकार्य देखि सामाजिक कार्यमा काम गर्ने लक्ष्य लिएर यहाँका भेलागुढी , पाथीभरा कालिका ,चौकिविरान ,रणकाली ,रातमाटे ,हरियाली ,सान्ती सामुदायिक बनहरुमा जोडिएका समुदाय लक्ष्यित कार्यक्रम चलाउन कार्ययोजना अगाडि बढाएको छ।यसै बर्ष देखि बन वरपरका परिवार लाई एक घर एक मौरी घार वितरण गर्न लाग्दै छ भने यहाँ रहेका सिमसारलाई मस्यपालन तथा सिमसाग ,निगुरो उत्पादनमा जोड दिदै आबस्यक तालिकको व्यवस्था समेत गर्न लागेको गाउँ पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङदेन बताउछन् ।

गाउँ पालिकाले आफ्नो नितितथा कार्यक्रममा पर्यटन ,कृषि र शिक्षालाई बिषेस जोड दिदै कार्यक्रम अगाडि बढाएको देखिन्छ ,भेलागढिलाई लोकतान्त्रिक पार्कको रूपमा अगाडि बढाएको छ भने धनुषपोखरीलाई माहाभारत काल र भगवान कृस्णले पाँच पान्डव संग बिताएको एतिहासिक पौराणिक पोखरीको रूपमा चिनाउन हल्दिवारी गाउँ पालिका गुरु योजना कै रुपमा अगाडि बढेको प्रष्ट हुन्छ ।यहाँ विभिन्न २० वटा भन्दा बडी मन्दिर रहेका छ्न भने जलथल जङ्गलमा रहेकी पाथीभरा माताको मन्दिर र यश क्षेत्रको बिकास गर्न केन्द्र ,प्रदेश र स्थानीय सरकार लागिपरेका छ्न ।पर्यटकीय रूपमा गोलधापको रमाइलो डाडा , दुधकन्या पर्यटकीय क्षेत्र ,साकेला ,कालिमन्दिर यश गाउँ पालिकामा रहेका गहना तथा आर्थिक समृद्धिका सम्पत्ति हुन भन्नुमा अच्युक्ती रहोला ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार