महिला फुटबलमा भारतसँग नेपाल पराजित, प्रशिक्षक खड्काद्वारा राजीनामा

पोखरा । जारी १३औ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा अहिले भारतसँग पराजति भएको छ ।

फाइनल खेलमा भारतले नेपाललाई २-० गोल अन्तरले पराजित गर्दै स्वर्ण पदक जितेको छ । घरेलु मैदानमा कहलेको नेपालले भने हारसँगै रजत पदकमा चित्त बुझाएको छ ।

भारतका लागि बाला देवीले २ गोल गरेकी हुन् । बाला देवीले पहिलो हाफमा एक र दोस्रो हाफमा एक गोल गरकी हुन् ।

यस अघि भएका सागका दुई फाइनलमा भारतले फाइनलमा नेपाललाई पराजित गरेको थियो ।

महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काद्वारा राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन् । साग महिला फुटबलको फाइनलमा नेपाल भारतसँग २–० ले पराजित भएसँगै खड्काले राजीनामाको घोषणा गरेका हुन् ।

पोखरामा भएको फाइनल हारसँगै नेपालले लगातार तेस्रो पटक रजत पदकमा चित्त बुझाउनु परेको छ । खेलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै खड्काले भने, ‘गोल्डको टार्गेट लिएर हिँडेको हुँ । यो पुरा गर्न नसक्दा मैले नैतिकताका आधारमा मुख्य प्रशिक्षकबाट राजीनामा दिएको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *