काठमाडौँ । सरकारले देशभरका दलित, विपन्न र मुस्लिम समूदायका ५६० छात्रछात्रालाई प्राविधिक शिक्षा पढाउने भएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले मंगलबार निकालेको सूचनाअनुसार प्राविधिक एसएलसी २८० जना र डिप्लोमा तहमा २६० जना गरी कूल ५६० जनालाई निःशुल्क अध्ययनको अवसर प्रदान गर्न लागिएको हो ।

त्यसका लागि परिषद्ले प्रवेश परीक्षको आवेदन माग गरेको छ । इच्छुक छात्राछात्रले पुस २८ गतेभित्र आवेदन बुझाउनु पर्नेछ भने मंसिर २९ देखि फाराम खुल्नेछ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार