कञ्चनपुर – कञ्चनपुर महाकाली नगरपालिकामा जङ्गली हात्तीको आक्र’मणबाट दुई जनाको ज्यानगएको छ । ज्यानजानेमा महाकाली नगरपालिका दोधारा चाँदनीका ५० बर्षिया हुलिदेवी बोहोरा र ३८ वर्षिया बसन्ती भट्ट रहेका छन् । उनीहरुको आज विहान जङ्गली हात्तीको आक्र’मणबाट ज्यानगएको छ ।

त्यस्तै जङ्गली हात्तीको आक्र’मणबाट चार जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा महाकाली नगरपालिका दोधारा चाँदनीका ३५ बर्षिया ललिता बोहोरा, ३४ बर्षिया सुनिता बिष्ट, ३२ बर्षिया उमा साउद र २४ बर्षिया सरिता ओझा रहेका छन् । प्रहरीका अनुसार उनीहरु बिहान घाँस काट्न जङ्गल जाँदा हात्तीको आक्र’मणमा परेका हुन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार