राजविराज – सप्तरीमा एक महिलामाथि जबर’जस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले आज सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्षलाई पक्रा’उ गरेको छ । वडाध्यक्ष लक्ष्मी साहलाई एक महिलामाथि जबर’जस्ती करणी प्रयास गरेको आरोपमा पक्रा’उ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो । उहाँका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले आज बिहान साहलाई पक्रा’उ गरिएको हो ।

स्थानीय एक महिलाले आफूलाई जबर’जस्ती करणीको प्रयास गरेको भन्दै साहविरु’द्ध उजुरी दिएपछि उहाँलाई पक्रा’उ गरिएको प्रहरी नायव उपरिक्षक भारतीले बताउनुभयो । पक्रा’उ परेका साहलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखी अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार