“मेरो टोपी कैलाशको शिरजस्तो
हिमाली भिरजस्तो
कहिले पनि झुक्न नजान्ने
कहिले पनि रुक्न नमान्ने
मेरो टोपी नेपाली वीरजस्तो”

गीतका माथिका पंक्तिहरूले नेपाली टोपीको उच्चता , महत्ता र गौरवलाई प्रकाश पारेका छन । हो , हाम्रो इतिहास कमजोर छैन , पिलन्धरे छैन ।यो संसारले थाहा पाएकै कुरा हो । तर वर्तमानमा टोपीको यो उच्चता र महत्ताले निरन्तरता पाएको छ त रु आज हामी के कारणले पछि पर्यौं रु इतिहास भजाएर वर्तमानमा रमाउनेबाहेक केही भएन ।हिजो हजुरबुबाले घिउ खाएका थिए भनेर वर्तमानमा हात सुँघ्नुबाहेक केही भएन । हिजोको कर्मले आज बाँच्न पाइँदैन ।हिजोको बासी भातले आज मात्न मिल्दैन । दोष कसको जनताको कि शासकको रुजनता त ठिकै छन् तर शासकको अकर्मण्यताले आज मुलुक संसारसामु मगन्ते भएको छ ।

यो देशमा हालसम्म सत्ताको तालाचाबी टोपी लगाउनेकै हातमा छ ।दौरा सुरुवाल र टोपी लगाउंदैमा राष्ट्रवादी हुने भन्ने कुरा अब खण्डित भइसकेको छ ।दुखकासाथ भन्नू पर्छ यो देशलाई यति कमजोर बनाउनुमा धोतीको होइन टोपीको हात छ । हिजो एउटै भाषा एउटै भेष राष्ट्रियताको सूचक मानिन्थ्यो। आज राष्ट्रियताको परिभाषा फरक भएको छ । नेपालको बहुरङ्गी विविधतालाई यसले समेट्न सकेन र सक्दैन पनि । यो देश धोती र टोपीको सहअस्त्तिवले मात्र अघि बढ्न सक्छ । नेपालका सबै भाषा र भेष राष्ट्रियताका नयाँ आयाम हुन् ।

राष्ट्रियताको नारा सस्तो भयो । भेषभुषा , भाषा र सेन्टिमेन्टल नारामा मात्र राष्ट्रियतालाई सीमित गर्ने हो भने हामी अझै चाउरिँदै जानेछौं । परनिर्भर र परजीवी राष्ट्रवाद होइन ,कर्ममा रास्ट्रवाद उतार्नु आजको आवश्यकता हो । हिजोका सत्ताका नायकहरूको अकर्मण्यताले आज लिम्पियाधुरा र कालापानी दुख्दै छ । यही पारा रहिरहे अझै के के दुख्ने हो थाहा छैन । सत्त्तामा बस्ने उच्चपदस्थहरूले टोपी लगाएरै देशको स्वार्थ बेच्ने काम गरे । राज्यका गोप्य सूचना बेचेर आफ्नू दुनो सोझ्याए , देशलाई हराए । राज्य दोहन गरेर किर्नो झैं मोटाउने सन्तानलाई विदेश पठाउने र पछि उतै सेटल्मेन्ट गराउने , जीवनभर दोहन गरेको सम्पतिले उग्राउने ।

आज देशमा सम्भावनाको खोजी गरेर बस्छु भन्ने मान्छे हेलाको पात्र बन्छ । बच्चालाई सानैदेखी करियर काउन्सिलिङ्को नाममा विदेश जान र उतै बस्न प्रोत्साहन गरिन्छ । विदेशमा छोराछोरी छन भन्नुमा गौरव बोध हुन्छ ।कमजोरहरू मात्र देशमा बस्छन भन्ने मान्यता स्थापित गरिन्छ । अनि कसरी बन्छ देश ?

आज आयातमुखी अर्थतन्त्रले देश थला परिसक्यो। पुरानो उत्पादनमुखी कृषि अर्थतन्त्र धराशायी भैसक्यो। मरुभूमिमा युवाहरूले बगाएको नुनिलो पसिनाले मुलुक जेनेतेने बाँचेको छ । पुरानो कृषि प्रणाली टुटिसकेको छ । खेत बाँझै छन् , गाउँ रित्ता छन् । वैदेशिक रोजगारीबाट फर्केर आउनेलाई पुनः उत्पादनमा जोड्न सकिएको छैन । कृषि कर्म हेलाको विषय बनेको छ ।घर घरमा बहुराष्ट्रिय कम्पनीका सामानहरूको उपभोग ह्वात्तै बढ्नाले पैसा विदेसिएको छ ।अन्न फल्ने खेतमा बिजुलीका पिलर र पिच फलेको छ ।किसानले उत्पादन गरेको बस्तुको उचित मूल्य नपाउँदा टाट पल्टिने अवस्था सिर्जना भएको छ । उखु किसान काठमाडौको चिसो जाडोमा काम्दै न्याय मागीरहेका छन् । आत्मनिर्भर र निर्यातमुखी चिया खेती सरकारी नजरमा नपर्नाले धराशायी हुदैछ।

लेख्दै गर्दा निराशाका कुराहरू धेरै हुनसक्छन् । निराशाको कुरा गर्नु यो लेखको उद्देश्य होइन । तर आशा चाहिँ कहाँबाट र केबाट गर्ने रुसरकारको यस्ता कुरामा ध्यान गएकै छैन ।उ त ट्याक्स उठाउन मै तल्लीन छ ।हिजो खेत जोतेका , हलो , कुटो कोदालो चलाएका , गाईभैँसी पालेर कृषि प्रणाली बाट खुट्टा टेकेकाहरू नै सत्तामा पुगे तर उनीहरूले के गरे रु सरकार भन्छ सम्वृद्द नेपाल , सुखी नेपाली ।

के यो रवैयाले उपलब्धि हासिल हुन्छ रु समृद्धि पानीजहाज र रेल नभएर रोकिएको होइन ।माटो र परिवेश सुहाउँदो योजना अनि त्यस लाई कार्यान्वयन गर्ने ईमानदारिता नभएर रोकिएको हो । समुद्रको पानीजहाजमा नेपाली झन्डा फहराउँदैमा , विदेशी रेल नेपाल आउदैमा देश बन्ने होइन । देश त तेतिखेर बन्छ जब समृद्धि उत्पादनसँग जोडिन्छ , उध्यमशीलताको माध्यमबाट रोजगारी सिर्जना गरिन्छ ।देशमै सम्भावनाको खोजी गर्ने महावीर पुन जस्ता बैज्ञानिकहरूकोउर्जालाई सम्मान गरिन्छ ।

त्यसैले अबको राष्ट्रवाद आधारहीन भावनामा बहकिने रास्ट्रवाद होइन धरातलीय यथार्थ सुहाउँदो आफनै खुट्टामा उभिएको उन्नत र समृद्ध धोती र टोपीसहितको राष्ट्रवाद आजको आवश्यकता हो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार