नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा दाङ जिल्ला सचिवालय सदस्य इश्वरी पाण्डेलाई प्रहरीले फेरी पक्राउ गरेको छ ।मलामी जाँदै गरेका उनलाई जिल्ला प्रहरी कार्यालय घोराहीबाट गएका सादा पोसाकका प्रहरीले शिवपुरबाट पक्राउ गरेक हुन् !

पक्राउ गरिएका पाण्डेलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी हरीहरनाथ योगीले जानकारी दिए । यस अघि प्रहरीले पाण्डेलाई गत फागुन २१ गते तुलसीपुरको विएस पार्टी प्यालेसबाट पक्राउ गरेको थियो ।फागुन २६ गते उच्च अदालत तुलसीपुरको आदेशमा उनी हिरासत मुक्त भएका थिए ।

उता सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द नेतृत्वको नेकपा विप्लव समूहको भ्रातृ संगठन दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य भीमबहादुर विश्वकर्माले पार्टी परित्यागको घोषणा गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय रोल्पा समक्ष विज्ञप्ति सार्वजनिक गरी विप्लव माओवादीले अपराधिक गतिविधिलाई प्रशय दिई हिंसात्मक बन्न पुगेको उल्लेख गर्दै अबदेखि आफू सामान्य नागरिकक रुपमा मात्र जीवनयापन गर्ने उल्लेख गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं।१२ बेलभार दाङ बस्‍ने विश्कर्मालाई पक्राउ गरी दाङबाट गत असार ८ गते रोल्पा लगिएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार