काठमाडौं । मलेसिया ११ ले मनमोहन मेमोरियर्ल एमएमै कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित निकालेको छ ।समूह ‘डी’ अन्तर्गत आज भएको अन्तिम खेलमा गण्डकी प्रदेशलाई १ सय ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै मलेसिया ११ ले जित निकालेको हो ।

इनरुवा रंगशालामा २ सय ९९ रनको लक्ष्य पच्छाएको गण्डकी २७ दशमलव २ ओभरमा १ सय ६ रनमा अलआउट भएपछि मलेसिया विजय भएको हो ।गण्डकीका लागि विपिन खत्रीले सर्वाधिक ४२ रन बनाउँदा प्रविन ढकालले १९ रन बनाए । विधान श्रेष्ठले १० रन बनाउनुबाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन् ।

मलेसिया ११ का सुहरिल फित्रीले ४ विकेट लिए । अनवार रहमान र विजय उन्नीले समान ३–३ विकेट लिए ।त्यसअघि पहिला ब्याटिङ गरेको मलेसिया ११ ले निर्धारित ४७ ओभरमा ८ विकेट गुमाउँदै २ सय ९८ रन बनाएको थियो । मलेसिया ११ का लागि ऐनुल हकिमले सर्वाधिक ८९ रन बनाएका थिए । भुसन सेभ र भिरनदिप सिंहले ५०–५० रन बनाए । अहमद फैजले ३० रनको योगदान दिएका थिए ।

गण्डकी प्रदेशका विपिन खत्रीले ३ विकेट लिएका थिए । चन्द्रकान्त पौडेलले २ विकेट लिँदा गोविन्द्र प्रधानले १ विकेट लिए । यसअघि नै बाहिसकेको मलेसियाले सान्तवना जितसहित यात्रा समाप्त गर्दा गण्डकी जितविहीन रहँदै बाहिरिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार