नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबिच पार्टीमा देखिएको समस्या समाधान गर्ने विषयमा सहमती जुटेको छ ।आइतबार साँझ देउवा निवास बूढानीलकण्ठमा देउवा, पौडेल र सिटौलाबीच भएको भेटमा पार्टीमा देखिएका सबै खालका गतिरोध अन्त्य गर्ने विषयमा सहमति जुटेको हो ।

तीनै नेताबीच भएको दुई घण्टा भएको छलफलले चाँडै समस्या समाधान गर्ने आधार निर्माण गरेको नेताहरुले बताएका छ । भारतको दिल्ली उपचार गर्न जान लाग्नु भएका रामचन्द्र पौडेल फर्केपछि सबै समस्या हल गर्ने सहमती बनेको बताइएको छ ।१४ औं महाधिवेशन कार्यतालिका सार्वजनिक, भ्रातृ संस्था नेपाल तरुण दल र नेविसंघको म्याद थप लगायतको माग गर्दै कांग्रेसको मंसिर २६ गते बसेको केन्द्रीय कार्यसमितिको बैठक वरिष्ठ नेता पौडेल–सिटौला समूहले बहिस्कार गरेको थियो ।

पौडेल समूहको बहिस्कारबीच पुस ११ गते सभापति देउवाले १४ औं महाधिवेशनको मिति २०७७ फागुन ७ देखि १०, पार्टी विभागको सङया बढाएर ४७ पु¥याउने, तरुण दल र नेविसंघको म्याद ६ महिना थप गरेपछी पौडेल–सिटौला समूहले निर्णय खारेज गर्न माग गर्दै आएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार