एजेन्सी,पूर्वी केन्याको एक ग्रामीण क्षेत्रमा रहेको एक विद्यालयमा त्यहाँका आतङ्कवादीहरुले तीन जना शिक्षकको हत्या गरेका छन् ।केन्यामा केही वर्षदेखि हत्या आतङ्क जारी राखेको समूह अल सबाबले उक्त विद्यालयमा प्रवेश गरी तीन जना शिक्षकको हत्या गरेको र अर्का एकजनालाई अपहरण गरी लगेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

केन्यामा सो समूहले विगतदेखि नै आतङ्ककारी क्रियाकलाप जारी राख्दै आएका छन् । अल सबाबले यहाँका शिक्षक र विद्यार्थीलाई तारो बनाउने गरेको छ ।ठूलो संख्यामा आएका हतियारधारीले आक्रमण गरी त्यहाँका केही विद्यालयमा पनि क्षति पु¥याएका छन् ।

साथै ती आक्रमणकारीले पूर्वी केन्याको कमुथेमा रहेको प्रहरी चौकीमा पनि उनीहरुले आगजनी गरेका छन् ।उनीहरुले स्थानीय अस्पतालबाट एकजना नर्सलाई पनि अपहरण गरी लगेका बताइएको छ । साथै स्थानीय स्वास्थ्य संस्थाका कर्मचारीलाई पनि उनीहरुले आक्रमण गरी घाइते बनाएका छन् ।

अल कायदासँग सम्बन्ध रहेको सो अल सबाब नामक आतङ्ककारी समूहले केन्याका विद्यालयबाट बालिकालाई पनि अपहरण गर्ने गरेका छन् ।उनीहरुले बालिका शिक्षाको विरोध गर्ने गरेका छन् । त्यसैले बालिका शिक्षा दिने विद्यालयबाट छात्रछात्रा नै अपहरण गर्ने गरेका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार