जिल्ला प्रहरी कार्यालय झापाले भारत निकासी गर्दै गरेका गाईगोरु नियन्त्रणमा लिएसँगै रु आठ लाख ८० राजश्व सङ्कलन गरेको छ । प्रहरीले भारत निकासी गर्दै गरेका ४४ गाईसहित २२३ गोरु नियन्त्रणमा लिएको छ । कानूनमा गाई निकासी गर्न प्रतिबन्ध छ भने गोरु भन्सार तिरेर निकासी गर्नुपर्ने प्रावधान छ ।

त्यस्तो कारोवारमा सङ्लग्नले भारत निकासी हुने गोरुको भन्सार नगरी गाईसमेत अवैध निकासी गर्न थालेपछि प्रहरीले गाई गोरु नियन्त्रणमा लिन थालेको छ । दुई सातामा प्रहरीले भारत निकासी हुँदै आएका गाई नियन्त्रणमा लिएर गौशाला र गोरु भन्सार कार्यालय पठाएको छ ।

झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार खुला सिमानाको फाइदा उठाउँदै गाईगोरुको व्यापार बढेपछि कुमरखोद, भद्रपुर, गौरीगञ्ज, केचनालगायतका नाकामा कडाइ गरिएको छ । योसँगै प्रहरीले दुई सातामा रु ३८ लाख ३२ हजार बराबरको अवैध सामग्री बरामद गरेको छ ।

झापाका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार किराना सामग्री मात्रै रु छ लाख ८१ हजार, विद्युतीय सामग्री रु एक लाख १५ हजार, सवारीसाधन पाटपूर्जा रु एक लाख २५ हजार, लत्ताकपडा रु आठ लाख ५४ हजार, सुपारी रु १० लाख २७ हजार ५०० र काठ रु एक लाख ५० हजार बराबरको बरामद गरिएको हो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार