काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले नेपालमा रेल चढ्न धेरै कुर्नु नपर्ने बताएका छन् । मंगलबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री नेम्वाङले जनकपुर जयनगर रेलमार्ग तयार भएको बताउँदै एक डेढ महिनामा भारतले रेल दिने जानकारी दिए ।

रेलमार्गको ३५ किमि ट्र्याक सम्पन्न भएको बताउँदै उनले जनकपुरबाट बर्दिबाससम्म रेल चल्ने बताए । उनले बनिरहेको रेलको ३ पटकसम्म अवलोकन गरेको जानकारी दिए । समितिको बैठकमा उनले भने, ‘अब रेल चढ्न दुई तीन महिना भन्दा बढी कुर्नुपर्दैन । चाँडै नेपालमा रेल चलेको देख्नुहुनेछ । हामी रेलको निरन्तर निरीक्षण गरिरहेका छौ । तर हामीसँग रेल चलाउने दक्ष जनसक्तिको अभाव छ । त्यसको ब्यवस्थापन गर्नुपर्नेछ । रेलसम्बन्धी विधेयक पनि आइसकेको छ ।’

बैठकमा सांसदहरुले नेपालमा सडक दुर्घटना बढिरहेको भन्दै सडक नीति सुधार गर्न र चालकका लागि तालिम र कडा कानुन ल्याउन आग्रह गरेका थिए । सांसद दिनानाथ शर्माले सरकारी तहबाट ड्राइभिङ स्कुल खोल्न आग्रह गर्दै नक्कली लाइसेन्सका कारण दुर्घटना बढेकाले त्यसलाई नियन्त्रण गर्न माग गरे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार