झापाको हल्दिवारी ३ स्थित स्वर्गद्वारी धार्मिक क्षेत्रमा आयोजना गरिएको ब्रह्म महापुराण धान्यचल सप्ताहको उदधाटन गर्दै राप्रपाका महामन्त्री समेत रहेका सभासद राजेन्द्र लिङ्गदेनले युवाहरूलाई आफ्नो सस्कृती ,परम्परा ,रितरिवाजको जगेर्ना गर्न लाग्नु पर्ने बताउनु भएको छ ।

नेपालमा आफ्नो धर्म , सस्कृतीलाई सुनियोजित तरिकाले आक्रमण हुदा समेत हामी तमासा हेरेर बसिरहेनु दु:खद बिषय भएको लिङ्गदेनको भनाई थियोे । नेपालीहरुको महान चाड दसैलाई समेत बहिष्कारको नाममा नेपाली नेपाली बिच बिखण्डन ल्याउने खेल भएको लिङ्गदेनको भनाई थियोे ।

गणतन्त्रको नाममा हाम्रो हिन्दु धर्म सस्कृतीलाई सक्नेकाम भएको हुदा सबै मिलि बिखण्डनकारीलाई छोडनु नहुनेमा उनको जोड थियो । मित्र रास्ट्र भारतमा हिन्दु धर्मको बिरोध गरेमात्र आगो बल्छ तर हामी हाम्रो आमा सरहको धर्म सस्कृतिलाइ सक्नलाग्दा समेत हेरिरहेका छौ भन्दै दुख व्यक्त गरे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार