काठमाडौँ,सरकारले चीनको हुवेई प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई नेपाल ल्याउने भएको छ । चीनको हुवेई प्रान्तको विभिन्न शहरबाट नेपाल फर्कने विद्यार्थीलाई नेपाल वायुसेवा निगमको ९नेपाल एयरलाइन्स०को वाइडबडी ए–३३० जहाजमार्फत आज दिउँसो स्वदेश ल्याइने जनाइएको छ ।

चीनमा रहेको नेपाली लिन शनिबार अपरान्ह २/४५ बजे निगमको वाइडबडी जहाज चीन उड्ने जनाइएको छ । चीन गएको उक्त जहाज अवतरण गरेपछि ४८ घण्टासम्म अन्य स्थानमा उडान गर्न नमिल्ने जनाइएको छ ।

अहिले चीनमा कोरोना भाइरसबाट ज्यान जानेको संख्या १५ सय भन्दा बढी पुगेको छ । यस भाइरसका कारण अहिले बिश्व नै त्रसित बनेको छ । कोरोना भाइरसकै कारण त्रसित बनेका हुवेई प्रान्तको विभिन्न शहरका नेपाली विद्यार्थीलाई आज जहाजमार्फत नेपाल ल्याउन लागिएको हो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार