हल्दिवारी मत्स्य पालक कृषक समुहले एकदिवसीय अन्तरक्रिया कार्यक्रम समुहका अध्यक्ष कृण्ण प्रसाद प्रसाईको सभापतित्व तथा गाउँ पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनको प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ। “हल्दिवारीको दृस्ठि कृषि र पर्यटन मार्फत समृद्धि ” भन्ने नारा सहित अगाडि बढेको गाउँपालिकाले ” हल्दिवारीको बाचा ,झापा भरी माछा भन्दै कार्यक्रम अगाडि बढाएको छ।

भेलागढी सामुदायिक बन , सहिद स्मारक पार्कमा आयोजना गरिएको बनभोज तथा अन्तरक्रिया कार्यक्रममा हल्दिवारी क्षेत्रका ३९ माछा कृषक हरुको सहभागीता रहेको थियोे ।

हल्दिवारीमा व्यवसायीक रूपमा ४१ फर्म ,समुहले माछा पालन गर्दै आएका छ्न । माछा पालक कृषकलाई चारो ,भुरा र बजार व्यवस्थापन को लागी गाउँपालिकाले जुनसुकै सहयोग पुर्याउने प्रमुख अतिथी समेत रहेका गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनले उद्घोषण गरे ।

माछाको उचित बजार र व्यवस्थापनमा माछा पालन कृषकले ध्यान दिए ,बाहिर बाट आयदित माछा लाई हल्दिवारी गाउँपालिकामा रोक लगाउने समेत अध्यक्ष लिङ्गदेनले बताए ।

कार्यक्रममा झापा उधोग बाणिज्य संघ झापाका अध्यक्ष नवराज पनेरू ,समुहका अध्यक्ष कृण प्रसाद प्रसाईले मन्तव्य राख्नु भएको थियोे । उक्त कार्यक्रमको स्वागत सुर्य बहादुर राईले गरेका थिए भने सहजीकरण हरि गौतमको रहेको थियोे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार