प्रधानमन्त्री केपी शर्मा ओली मिगौला प्रत्यारोपण गर्न सोमबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन् । बुधबार मिर्गौला प्रत्यारोपण गर्ने भएपछि प्रधानमन्त्री ओली सोमबार साँझ भर्ना हुन त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेका हुन् । चिकित्सककाअनुसार प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण हुनेछ ।

प्रत्यारोपण गर्नुभन्दा दुई दिन अघिदेखि नै अस्पताल भर्ना हुनुपर्ने भएकाले प्रधानमन्त्री ओली सोमबार साँझ अस्पताल भर्ना भएका चिकित्सकले जानकारी दिए । चिकित्सककाअनुसार मिर्गौला प्रत्यारोपण गर्न करिब २४ घण्टा लाग्नेछ । डा।प्रेमराज ज्ञवालीले नेतृत्वमा ओलीको मिर्गौला प्रत्यारोपण गरिँदैछ । १२ वर्षअघि नयाँ दिल्लीको एपोलो अस्पतालमा ओलीलाई भाइबुहारी अन्जान घिमिरेले मिर्गौला दिएकी थिइन् ।

पहिलेको मिर्गौलाले काम गर्न छाडेपछि दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो । ओलीलाई अहिले नातामा ‘भान्जी’ पर्ने समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिन लागेकी हुन् । आइतबारको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई मिर्गौला दान दिने महिलाबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीले सचिवालयका सदस्यहरूलाई मिर्गौला दाताका रूपमा चिनाइएकी ३२ वर्षीया समीक्षा झापाकी हुन् ।

चारआलीकी उनी ओलीलाई पहिलोपटक मिर्गौला दिने अन्जान घिमिरेकी भान्जी हुन् । सोही कारण प्रधानमन्त्री ओलीको पनि ‘भान्जी’ नाता परेकी हुन् । शिक्षण अस्पतालले आइतबार नै ओलीलाई मिर्गौला दिने महिलाको फाइल रेकर्ड बुक दर्ता गरेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार