काठमाडौं, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली पूनः मिर्गौला प्रत्यारोपणको आज त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् । अस्पताल प्रस्थान् गर्नुपूर्व प्रधानमन्त्री ओलीले आफ्ना ९० बर्षीय बुवा मोहनप्रसाद ओलीको आशीर्वाद लिएका थिए । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले यसबारेमा जानकारी दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्,”आफ्ना ९० बर्षीय पिताजीको आशिर्वाद लिएर सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट साँझ मृगौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल प्रस्थान गरी भर्ना हुनुभएको छ ।

आज र भोलि आवश्यक तयारीपश्चात फागुन २१ गते बुधवार उहाँको दोस्रोपटक मृगौला प्रत्यारोपण गरिने भएको छ । २०६४ साउनमा भारतको एपोलो अस्पतालमा उहाँको पहिलोपटक प्रत्यारोपण गरिएको थियो । नेपालकै अस्पताल, विशेषज्ञ चिकित्सक, उपकरण र उपलब्ध सेवामा विश्वास र भरोसा गरी प्रधानमन्त्रीज्यूले स्वदेशमै प्रत्यारोपण गराउन लिनुभएको यस निर्णयले दूरगामी महत्व बोकेको यथार्थ स्पष्ट नै छ ।”

उनले प्रधानमन्त्रीको सफल प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको शुभकामना समेत व्यक्त गरेका छन् । र, आम नेपालीजन र सिङ्गो राष्ट्रको प्रधानमन्त्री ओलीप्रति शुभेच्छा, शुभकामना र आशीर्वाद रहेको छ । तस्विर स् सुर्य थापाको फेशबुकबाट

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार