काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत सातौँ चरणको त्रिदेशीय एकदिवसीय क्रिकेट सिरिज नामिबियामा हँदैछ त्रिदेशीय सिरिजमा घरेलु टोली नामिबियासँगै नेपाल र स्कटल्याण्ड रहने छन् ।

विश्वकप छनोटको पहिलो चरणको रुपमा रहेको लिग-२ को सातौं चरणको सिरिज अप्रिल २० देखि २७ सम्म चल्नेछ ।सिरिजमा हरेक टिमले दुई खेल खेल्ने छन् ।

खेलको तालिका भने सार्वजनिक भएको छैन तर, घरेलु टोली नामिबियाले लिग-२ अन्तर्गतको एकदिवसीय सिरिज अघि नेपाल र स्कटल्याण्डसँग टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज समेत खेल्ने चाहना व्यक्त गरेको छ ।टी-ट्वान्टी सिरिजका लागि नामिबियाले नेपाल र स्कटल्याण्डलाई प्रस्ताव गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिब अशोकनाथ प्याकुरेलले एकदिवसीय सिरिज अगाडी टी-ट्वान्टी सिरिजका लागि नामिबियाले प्रस्ताव गरेको खेलपाटीलाई जानकारी गराए ।

‘नामिबियाले टी-ट्वान्टी अनतराष्ट्रिय सिरिजको लागि नेपाललाई प्रस्ताव गरेको हो,’ क्यानका सचिब प्याकुरेलले भने, ‘विश्वकप लिग-२ खेल्नु अघि टी-ट्वान्टी अनतराष्ट्रिय सिरिजको लागि प्रस्ताव गरेको छ ।’

नामिबियाले प्रस्ताव गरेपनि टी- ट्वान्टी सिरिज हुने नहुने तय भईनसकेको उनले बताए ।’स्कटल्याण्ड र नेपालले आईसीसीसँग छलफल गर्दा अनुमति पायौं भने टी-ट्वान्टी सिरिज खेल्ने छौं,’ प्याकुरेलले थपे, ‘टी-ट्वान्टी सिरिज खेल्ने भएमा नेपाली टिम तोकिएको समय भन्दा चाँडै नामिबिया जानेछ ।

‘आईसीसी विश्वकप लिग-२ मा ७ राष्ट्र सहभागी रहेका छन् । हरेक टिमले ३६ एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्ने छन् । जसमा अंक तालिकाको शिर्ष तिनमा अटाउने राष्ट्रले एक दिवसीय विश्वकपको छनोट प्रतियोगितामा सहभागिता जनाउन पाउने छ ।

तालिकाको शिर्ष तिनमा स्थान नबनाउने राष्ट्रले विश्वकप छनोटको लागि प्लेअफ खेल्नु पर्ने छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार