काेराेना

हल्दिवारी – स्वास्थ्य मन्त्रालयले सोमबार थप १३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि गरेको छ ।स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले विज्ञप्ति जारी गर्दै थप १३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

संक्रमितमध्ये पाल्पाका २, नवलपरासी (पश्चिम) का १, गुल्मीका १, कपिलवस्तुका ७ र रुपन्देहीका २ जनामा कारोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १८११ पुगेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार