कृष्ण

राम्रो गरे राम्रो हो नगरे ठोक्ने हो
देशले ऋण कतिन्जेल बोक्ने हो।

कहिले सिमा कहिले एम सि सि
घुस पेठ यस्तो कसले रोक्ने हो।

सन्धी र सम्झौता प्रस्ताव अनेक
बुझ्नु जरूरी छ सबैले घोक्ने हो।

सिमा का पिढा कसले बुझाउने
रोई कराई विलाप पोख्ने हो।

दिएको मतदान गर्न लाई राम्रो
नगरे आउदो चुनावमा जोख्ने हो।

राम्रो गरे राम्रो हो नगरे ठोक्ने हो
देशले ऋण कतिन्जेल बोक्ने हो।

कृष्ण जी
बिर्तामोड-१०

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार