मर्नु त आखीर मर्नु नै छ
कोरोनाले  !
नाकाबन्दीरकर्फ्युले !
भोकमरीले
या या
भ्रस्टचारीले !
मर्नु त आखीर मर्नु नै छ

मर्नु त आखीर मर्नु नै छ
डराइ डराइ  !
लुकी लुकी  !
भागी भागी  !
या या
तर्सी तर्सी !
मर्नु त आखीर मर्नु नै छ

मर्नु त आखीर मर्नु नै छ
कैहीले सम्म जैबीक (कोरोनाजस्ता १९,२०,२१) आतंकले र ?
कहीले सम्म नाकाबन्दीरकर्फ्यु अंतराष्टीय दबाबलेर ?
कहीले सम्म कृसी प्रधान देश बाजो पनको भोकमरीलेर ?
या या
भुस्या कुकुर व्वासा राष्ट्र घाती नेताको भ्रष्टचारीलेर ?
मर्नु त आखीर मर्नु नै छ

मर्नु त आखीर मर्नु नै छ
कहीले सम्म आतंकको सीकन्जबाट डराइ डराइर?
कहीले सम्म चेलीबेटी दलालको पन्जाबाट लुकी लुकीर ?
कहिले सम्म भु माफीयाको कंजुलबाट भागी भागीर ?
या या
मानब तस्कर आतंकारी को गोली,बोली बाट तर्सी तर्सीर ?
मर्नु त आखीर मर्नु नै छ

तेसैले तेसैले
म जुध्न सीक्दै छु ।
म लड्न सीक्दै छु।
म कोरोना बाट मात्र हैन ।
बीसानु मानव बाट जीउन सिक्दै छु।
यसरी म मरी मरी बाच्न सिक्दै छु।
यसरी म मरी मरी बाच्न सिक्दै छु।

मर्नु त आखीर मर्नु नै छ
समस्त नेपाली मा
जीउनलाई मर्न छोडम
डर लाई डाडा कटाउ्र
भ्रष्ट, तस्कर, बिसानु मानव लाई
काडै काडाको आजीवन कोर्रा लगाउ्र
अहिले लाई सकेसम्म घर्मै बसी बाच्न सिकम ।

-नारायन नगरकोटी

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार