काठमाडौं ,प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यस पटकको एसइइ परीक्षा खारेज गर्ने प्रस्ताव पारित गरेको छ । केही समयदेखि कोरोनाभाइरस र लकडाउनका कारण अन्योलमा रहेको एसइइ परीक्षा सरकारले यस पटक खारेज गरेको हो ।

बैठकका अनुसार यस पटकको एसइइ परीक्षा खारेज भएपछि विद्यालयकै मूल्यांकलनलाई मान्यता दिइने भएको छ ।शिक्षामन्त्री गिरिराजमणि पोखरेलले यसपटकको एसईई परीक्षा खारेज गरी विद्यालयले मूल्यांकनलाई मान्यता दिन मन्त्रिपरिषद् बैठकमा प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई आज बसेको मन्त्रिपरिषद्ले पारित गरेको हो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार