हल्दिवारी ४ नेपाल टोलमा रहेको जयदुर्गा कृषि सहकारीले जैविक बिषादी ( फङ्गी साइड ) को उत्पादन भदौबाट शुरु गर्ने सस्थाका अध्यक्ष सत्येन्द्र कुमार कर्णले बताउनु भएको छ।

जैविक बिषादी उत्पादन गर्न भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले १८ लाख ८८ हजार ८ सय ७३ रुपैया सहयोग अनुदान गरेको छ भने सस्थाले ६ लाख २९ हजार ६ सय ३५ रुपैया खर्च गरेको बताइएको छ ।

जैविक बिषादीको लागि आवश्यक पर्ने उपकरण खरिद गरिएको तथा परिक्षण केन्द्र साउन सम्ममा तयार गरि भदौबाट उत्पादन गर्ने तयारीमा रहेको अध्यक्ष कर्णले जानकारी गराउनु भयो ।

हाल झापाको कमल गाउँपालिकामा मात्र रहेकोमा हल्दिवारीमा संचालित जैविक बिषादी केन्द्रले यस क्षेत्रका किसानहरुलाई ठुलो राहत पुग्ने ठानिएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार