. रञ्जन कोइरालाको रिहाइपछि लिखित कविता

आफूसँगै सुतिरहेकी पत्नीको

ओच्छ्यानमै घाँटी थिचेर
हत्या गर्छ पतिले
र, राती नै
प्रेमिकालाई लिएर भाग्छ कतै  !

आफूसँगै सुतिरहेकी
पत्नीको हत्या गरेर
आफूसम्म आइपुगेको त्यो प्रेमीले
मलाई चाहिँ माया गर्छ भनेर
पत्याउँछे त्यो प्रेमिका पनि  !

मज्जाले माया गरीगरी
विहान बेलुकैको भान्सामा
स्लो पोइजनु मिसाइदिएर
हत्या गर्छे पत्नीले पतिको
र, भाग्छे कुनै प्रेमीसँग  !

खानामा विष मिसाएर
विषालु मायाजालमा फसाएर
आफ्नै पतिलाई हत्या गरेर
आफूसम्म आइपुगेकी त्यो प्रेमिकाले
मलाई चाहिँ माया गर्छे भनेर
पत्याउँछ त्यो प्रेमी पनि  !

एउटा उच्च सुरक्षा अधिकारीले
आफ्नी प्रेमिकाको सुरक्षाको लागि
हत्या गर्छ आफ्नी पत्नीको
र, बोरामा हालेर जलाइदिन्छ कतै  !

अदालतअघि आँसु झार्दै
प्रेमिका रोईकराई गर्छिन्(
ुम अञ्जान छु, थाहा छैन केही मलाईु
दयालु अदालतले छोडिदिन्छ प्रेमिकालाई
सजाय पूरा नहुँदै फेरि पनि
छोडिदिन्छ अदालतले प्रेमीलाई  !

मलाई केही थाहा छैन

भन्दै थिइन् जो हिजो
तिनै प्रेमिका जेलको ढोकामा
हाम्रो त विवाह भइसकेको थियो भन्दै
पुग्छिन् सानदार गाडी लिएर
स्वागत गर्न प्रेमीलाई

हत्या गरिएको पत्नीको आत्माले
हेरिरहन्छ त्यो सबै दृश्य
प्रधानन्यायाधीसको आँखाको नानीमा
आफ्नो आँखामा पराबर्तित दृश्यहरु
देख्न सक्तैनन् प्रधानन्यायाधीस  !

भरे राती वकील, न्यायाधीस र अपराधीहरुको भोज छ
यो व्यवस्थामा केवल अपराधीहरुलाई मात्र मोज छ  !

त्यो भोज पनि कसैले देख्ने छैन

केवल तिनै हत्या गरिएकी श्रीमतिको आत्माले मात्र
त्यतै कतै वरिपरि बसेर हेरिरहेको हुनेछ ।

(विषय वा प्रसंगले अर्को अर्थ नलागेमा भन्ने लेखिएको हुन्छ कानुनका ठेलीमा, यो कवितालाई पनि विषय वा प्रसंगले अर्को अर्थ लगाउन पाइने छैन)

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार