asmita bhandari

    – अस्मिता भंडारी

युद्धमा होमिएको सिपाहीले
युद्ध जितेर आउने प्रतिज्ञा गरेको हुन्छ …
ऊ युद्ध हार्ने कल्पना गर्दैन
जित्ने सपना मात्रै देखेको हुन्छ
उसले दुश्मनलाई मार्ने र
आफू जीतको ताज पहिरने
कसम खाएको हुन्छ …

निधारमा मातृभूमिको माटोको टीका लगाएर
कम्मरमा खुकुरी र राईफल भिरेर
लडाइँको मैदानमा भिडेको मान्छे
छातिमा धेैर्यता र शाहस बोकेर
लडि रहन्छ निरन्तर … निरन्तर जब सम्म
युद्ध जारी रहन्छ  !!

यतिबेला ऊ
रणभूमिको मैदानबाट
राईफल ,गोलि , गठ्ठा र
वारुदको धुवाँ सँगै साँटि रहेकोछ जीवनको स्वाद !
आफू माथि बर्षिएका
चौतर्फी दुश्मनका निशानाहरुलाई प्रवाह नगरि
लडिरहेको सिपाहीले विर्सियो ,
बृद्धअबश्थाका आफ्ना बाबुआमा र
भर्खरै दाम्पत्य जीवनमा जोडिन आएकी
सुन्दर परी..जस्तै प्रेयसी  !!

यतिबेला
युद्धको मैदानमा उ माथि
थुप्रै पटक थुप्रै ..प्याष्त्रहरु प्रहार भएका छन्
कतिले मृत्युको नजिक पुर्‍याउन खोजे
कतिले पीयूष भनी अफिम चटाउन खोजे
निक्कै चनाखो भएर स्वास फेर्नु पर्ने भो  !

यतिबेला
समयको महाभारतमा बटुलेका अनुभवहरु
र, काँधमा आईपरेका कर्तव्यका पहाडहरु
सरक्क पन्छाई बाटो मोडेर हिड्न सक्दैन त्यो सिपाही

बरु ,रातदिन लडि रहन्छ ,
माटो प्रतिको कर्तव्यबोध गर्दै
आफ्नी सुन्दर परी जस्तै
प्रेयसीको तस्बिर छातिमा टाँसेर
युद्धमा होमिएको सिपाहीले
युद्ध जितेर आउने प्रतिज्ञा गरेको हुन्छ…
ऊ युद्ध हार्ने कल्पना गर्दैन
युद्ध जित्ने सपना मात्रै देखेको हुन्छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार