– भवानी दङ्गाल ( भानु )

पानी बाराबार छ पार्टीमा
दागा धराधर छ पार्टीमा
अपच भोकि फापेन दुई तिहाई
आफै मारामार छ पार्टीमा !

उन्नतिका सिङै आकाश खुल्नु पर्ने बेला
जनताका ओंठमा मुस्कान फुल्नु पर्ने बेला
गाँड कोराकोर छ पार्टीमा
भन्डा फोराफोर छ पार्टीमा
जनताको माग छ एकताको
मान्छे चोराचोर छ पार्टीमा !!

देशका निम्ति बेहिसाब सपुतहरु मरे
सहिदका सपनाहरु ऐठनमा छन अहिले
गाली गरागर छ पार्टीमा
आँखा तरातर छ पार्टीमा
पराईको गिद्धे नजर परेको यो बेला
अहिले मारामार छ पार्टी !!!

हल्दिवारी – ५ , हाल बिर्तामोड

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार