हेमन्त मैनाली हल्दिबारी

 भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले सन्यास घोषणा गरेका छन्।

      २०१९ एकदिवसीय विश्वकपमा न्युजिल्यान्ड बिरुद्ध सेमीफाइनल खेलमा अन्तिम पटक भारतको जर्सीमा देखिएका धोनी अब भारतीय जर्सीमा नदेखिने भएका छन्। अन्तिम खेलमा धोनीले ७२ बलमा ५० रन बनाएका थिए।
भारतलाई सन् २००७ को टि(२० विश्वकप तथा २०११ मा एकदिवसीय विश्वकप जिताएका धोनी भारतको सबैभन्दा सफल कप्तान हुन्। उनले भारतलाई टेस्ट वरियतामा नम्बर १ स्थानमा तथा २०१३ मा आईसीसी च्याम्पियन्स ट्रफीको समेत उपाधि दिलाएका थिए। यस्तै उनले २०१० र २०१६ मा एसिया कप पनि जिताएका थिए। धोनी आईसीसीको सबै ट्रफी जित्ने विश्वकै एक मात्र कप्तान हुन्।
युएईमा सेप्टेम्बर १९ देखि आयोजना हुने आईपीएलमा चेन्नाईको लागि खेल्ने तयारी गरिरहेका धोनीले अप्रत्यासित रुपमा सन्यासको घोषणा गरेका हुन्। यस अघि उनले टेस्ट क्रिकेटबाट पनि सन् २०१४ मा अप्रत्यासित रुपमा सन्यास घोषणा गरेका थिए। टेस्ट पछि धोनीले २०१७ मा एकदिवसीय क्रिकेट टिमको कप्तानीको जिम्मेवारी पनि बिराट कोहलीलाई सुम्पेका थिए।

धोनीले अन्तिम पटक २०१९ एकदिवसीय विश्वकपमा न्युजिल्यान्ड बिरुद्ध खेलेका थिए
३९ वर्ष ३९ दिन उमेरका धोनीले भारतको लागि ९० टेस्ट, ३५० एकदिवसीय र ९८ टि(२० अन्तर्राष्ट्रिय खेलेका थिए। यस क्रममा उनले टेस्टमा ६ शतक र ३३ अर्धशतक मद्दतले ४,८७६ रन , एकदिवसीयमा १० शतक र ७३ अर्धशतक मद्दतले १०,७७३ रन तथा टि(२० मा २ अर्धशतक मद्दतले १६१७ रन बनाएका थिए।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ६८ खेलमा धोनीले अविजित रहँदै खेल जिताएका थिए जुन विश्वरेकर्ड हो।

आफ्नो करियरमा म्याच फिनिसर तथा उत्कृस्ट विकेटकिपरको रुपमा चर्चित धोनीले सन् २००४ मा बंगलादेश बिरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए।

धोनीले सन् २००८ र २००९ मा आईसीसी वर्ष उत्कृस्ट खेलाडी घोषित भएका थिए। लगातार २ वर्ष यो अवार्ड जित्ने उनि पहिलो क्रिकेटर हुन्।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार