नेपाली कांग्रेसका नेता एवं पूर्व राज्यमन्त्री दीपक खड्काको गाडीले किच्दा जेब्राक्रसिङबाट सडक पार गरिरहेकी एक महिलाको मृत्यु भएको छ । घटना असोज ७ गते भए पनि यो विषय सार्वजनिक भएको थिएन । असोज ७ गते खड्काले चलाएको गाडीले किच्दा महिलाको मृत्यु भए पनि उनीसँगै गाडीले ठक्कर दिएका उनको श्रीमान भने घाइते रहेका छन ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मुल सडक खण्डको जेब्रा क्रसिङमा २०७७ साल असोज ७ गते दिँउसो १२:५० बजेको समयमा खड्काले चलाएको बा ११ च ४१४१ नम्बरको प्राडो गाडीले बुढानिलकण्ठ वडा नम्बर ६ को विक्रम कार्की र अनुपा पाण्डे कार्कीलाइ ठक्कर दिएको थियो ।

सो स्थानमा बाटो काट्ने क्रममा उनलाई तीव्र गतिमा आएको नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएर भागेको थियो भने उनी लडेको अवस्थामा सोही दिशातर्फबाट आएको बा ११ च ४१४१ नम्बरको गाडीले किचेपछी घाइते कार्की दम्पतिलाई स्थानीयहरुले तत्काल अस्पताल लगेका थिए । तर अनुपाको ज्यान भने जोगिएन । उनका श्रीमान विक्रम कार्की भने सख्त घाइते भए पनि उनको ज्यान भने जोगिएको छ।

प्रहरीले गाडी समातेर ल्याए पश्चात सो गाडीका बारेमा खोजविन गर्दा उक्त गाडी पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दिपक खड्काको रहेको खुलेको थियो । मृतक अनुपाको शव त्रिवि शिक्षण अस्पतालमै रहेको छ भने खड्काका विरूद्धमा घाइते अवस्थामा रहेका उनका पतिले महानगरीय प्रहरी वृत महाराजगञ्जमा किटानी जाहेरी दिएका छन ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार