हल्दिवारी – चन्द्रबहादुर माक्रिहाङ्ग राई स्मृति प्रतिष्ठान द्वारा स्व. चन्द्रबहादुर माक्रिहाङ्ग  राईको चौथो स्मृतिमा श्री नव सृजना प्राथमिक विद्यालयका विद्यार्थीहरुका लागि स्थापन गरेको छात्रवृत्ति आज एक कार्यक्रमको बिच हस्तान्तरण गरिएको छ।

प्रतिष्ठानकि संरक्षक स्व. राईको धर्मपत्नी शान्तिमाया माक्रिहाङ्ग राईले छात्रवृत्ति वापतको रकम ३६ हजार ६ सय ७० रुपैयाँ विद्यालयलाई हस्तान्तरण गर्नु भएको विद्यालयका प्र. अ . भिम दाहालले बताउनु भएको छ ।

स्वर्गीय राईको स्मृतिमा ३ लाख रुपैयाँको अक्षयकोष स्थापना गरि प्रत्येक बर्ष अक्षयकोषबाट आउने व्याज रकमबाट हल्दिवारी २ मा रहेको श्री नव सृजना प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आएको सस्थाका सल्लाहकार तथा विद्यालय सल्लाहकार समितिका संयोजक कुमार राईले बताउनु भयो ।

स्वर्गीय राईको नाममा स्थापना भएको प्रतिष्ठानले २०७४ सालदेखि छात्रवृत्ति प्रदान गर्दै आएको छ।स्वर्गीय राईको नाममा अक्षयकोष स्थापना गर्न हङकङ सानसुईपो समाज र परिवारद्दारा ३ लाख अक्षयकोषमा राखिएको छ।

प्रतिस्ठानले प्रत्येक बर्ष सबै विद्यार्थी हरुलाई हाउस डेर्स प्रदान गर्दै आएकोमा यस बर्ष कोरोनाका कारण विद्यार्थी हरुका लागि पुस्तकालय व्यवस्थापनमा उक्त रकम खर्च गरिन लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल कुमार मैनालीले बताउनु भयो ।

२०७३ असोज ११ गते स्वर्गीय भएका राईका श्रीमती शान्तिमाया ,छोरा बुहारी प्रदेश – सिना नाति रायन र छोरीहरु सीता र टीका राई रहेका छ्न ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार