मंगलबार देशभर एक हजार ५१३ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका एक हजार ५१३ संक्रमित थपिएको जानकारी दिए । योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ७६ हजार २५८ पुगेको छ ।

हालसम्म ५५ हजार ३७१ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा ७३१ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या २० हजार ३९६ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १० जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ । गत २४ घण्टामा १० हजार ८९१ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । यस्तै ५हजार ७७८ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै आज काठमाडौं उपत्यकामा ६३४ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार आज काठमाडौंमा ४४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ जना नयाँ संक्रमित थपिएका छन् ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार