कृष्ण

 यहॉनेताले गुट चलाए

कर्मचारीले लुट चलाए

अरिङ्गाले हनुमान बनेर
कार्यकर्ताले फुट चलाए

देश बिग्रे केही हुन्न भनी
युटूवेले यहॉ झुट चलाए

बोल्नै र लेख्नै नजान्ने लाई
सांसद बनाई सुट चलाए

देशलाई चाहिने मान्छे रोज्दा
शासकले जनतामा बुट चलाए
कृष्ण जी
बिर्तामोड-१०

 

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार