• अस्मिता भण्डारी

सायद यो बर्ष यस्तै थियो ,
थुप्रै पृयजनहरु गुमाएँ !!
आफ्ना र मनले नजिक ठानेकाहरु
अनायस आफूबाट टाढा हुँदा
दुनियाँको परिस्थितिलाई नियालेर
मन शान्त गर्दैछु ।

नियतिको पहाडबाट
कयौं पटक लड्दा पनि
महसुस नभएको चोटको पीडा
यस पटक भएको छ  …. !

थाह छ तिमी छैनोेै वरिपरि,
मनकै भित्तामा सजिएको त्यो तस्बिर र
केवल तिम्रो स्मृतिका भग्नावशेषहरु छन्

बेला बेला टेलिफोनमा आएका सन्देशहरु
आतुर छु हेर्न, कतै तिमीले पठाएका
मायाहरु पो हुन् कि ??

थाह छ ती सन्देशहरु अब
आउने छैनन् घरि घरि …
सायद त्यहि अन्तिम फोन थियो
जुन,मैलेतिम्रो सम्झनामा गरेकी थिए …!

के थाह यति छिटै सधैंका निम्ति
तिमी आकाश पारी जान्छौं भन्ने
माथि माथी बादल सँगै हराउछौ भन्ने
क्षणभर मै बिलाएर ,
मलाई दुखित तुल्याउछौ भन्ने ?

तर , चित्त बुझाएको छु
यो संसार आक्रान्त छ ,
मानिसहरु कोहि
फर्किने आशामा छन्
कोहि सधैंका निम्ति
नफर्किेने यात्रामा छन् …!!

छुट्ने बेला तिमीले भने जस्तै यो
आवेग र निराशाको कुनै अर्थ छैन !!

सायद , यो समय नै यस्तै पर्यो
धेरैको मनलाई रुवाएर गयो
मलाई पनि निराशा दिएर गयो …!!
त्यसैले दुनियाँको परिस्थितिलाई नियालेर
मन शान्त पार्दैछु !!

समयको यो वेगले कतिलाई
बगाएर लग्यो ,
कतिलाई नदिका
किनाराहरुमा छोडेर गयो ..
म पनि त्यहि बलवान् समयको
बेगको गतिमा हेलिएकोछु ..
समयको निर्मम गतिलाई
अनुभूति गर्दैछु !!

 

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार