प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्को विशेष अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेको छ । पार्टी सभापति शेरबहादुर देउवानिवासमा बसेको केन्द्रीय पदाधिकारीको बैठकले सरकारलाई विशेष अधिवेशन आह्वान गर्न दवाव दिने निर्णय गरेको हो ।

कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको, देशमा भ्रष्टाचार व्यापक बन्दै गएको भन्दै कांग्रेसले विशेष अधिवेशन बोलाउनुपर्ने माग गरेको हो । कोभिड– १९ को रोकथाम र नियन्त्रणको काम प्रभावकारी रूपमा गर्न नसकेको र देशमा व्यापक मात्रामा भ्रष्टाचार बढेको निष्कर्ष बैठकले निकालेको सहमहामन्त्री डा। प्रकाशशरण महतले बताए ।

बढ्दो भ्रष्टाचार तथा बेथिति मौलाउँदा पनि सरकार मौन रहेको, नागरिकको बेरोजगारीको समस्या समाधानका लागि सरकारले ध्यान दिन नसकेको कांग्रेसको भनाइ छ । वर्तमान सरकारका ज्यादतीका विरुद्धमा सडक र संसदबाट एक साथ संघर्ष गर्ने कार्यक्रम तय गर्ने विषयमा पनि छलफल भएको डा महतले बताए ।

rajes

सामाजिक दूरी कायम गरेर सडक आन्दोलन अघि बढाउने विषयमा पनि बैठकमा छलफल भएको उनले बताए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार