एजेन्सी – डेढ महिना भन्दा केहि दिनपछि विश्व फुटबलको चर्चित फुटबल मध्येको इंग्लिस प्रिमियर लिग शनिबार सुरु हुँदैछ । सन् २०२०र२१ सिजनको उद्घाटन खेल फुलह्याम र आर्सनलबीच हुनेछ ।

फुलह्यामको मैदानमा हुने खेल नेपाली समय अनुसार ५ः१५ बजे सुरु हुनेछ । कोरोना भाइरसका कारण प्रभावित गत सिजनको लिग जुलाईको अन्यमा सकिएको थियो ।२० टोलीको सहभागिता रहने लिगमा लिभरपुल यसपटक लिग उपाधि रक्षा गर्न सक्ला भन्ने प्रश्न पनिसँगै जोडिएर आउने गर्छ । लिगको २८ सिजनमा ८ टोलीले मात्र लगातार उपाधि रक्षा गरेको इतिहास छ ।

‘दमदार सुरुवातको अपेक्षा गरेका छौं’, प्रिमियर लिगका प्रमुख कार्यकारी रिचार्ड मास्टर्सले भने, ‘फेरि पनि लिग प्रतिस्पर्धात्क हुनेछ । इतिहास हेर्दा पनि लगातार उपाधि जित्न कठिन देखिएको छ ।’गत सिजन लिभरपुललाई पछ्याउनेमा म्यानचेस्टर सिटी थियो । तर, ती दुई टोलीबीको अंक अन्तरपछि फराकिलो थियो । लिभरपुल, सिटी, म्यानचेस्टर युनाइटेड, चेल्सी जस्ता टोली लिगका सदाबहार दाबेदार मानिन्छन् ।

लेस्टर सिटीले फेरि पनि शीर्ष चार भित्र पर्न सक्छ कि सक्दैन भन्नेमा पनि धेरैका चासो हुने गर्छ । जोसे माउरिन्होले टोटेनह्यमलाई च्याम्पियन्स लिगमा टोलीलाई छनोट गराउन सक्लान् । आर्सनलको प्रदर्शन कस्तो रहँला त्यतिकै उत्साहजनक विषय हुनेछ ।

प्रिमियर लिगमा शनिबारका खेल

फुलह्यामविरुद्ध आर्सनल साँझ – ५ः१५ बजे

बर्नलीविरुद्ध म्यानचेस्टर युनाइटेड – स्थगित

क्रिस्टल प्यालेसविरुद्ध साउथह्याम्टन – साँझ ७ः४५ बजे

म्यानचेस्टर सिटीविरुद्ध एस्टन भिल्ला – स्थगित

लिभरपुलविरुद्ध लिड्स युनाइटेड – राती १०ः१५ बजे

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार