बनियानी । कचलकवल गाउँपालिका गाउँशिक्षा शाखाले आज रास्टिय बाल दिवसको उपलक्ष्यमा ” कचलकवल बालमन्जरी ” पुस्तकको एक कार्यक्रमका बिच बिमोचन गरेको छ ।
कचलकवल गाउँपालिका अध्यक्ष अन्जार आलम ,उपाध्यक्ष निमसरी राजवन्सी तथा प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले उक्त पुस्तकको सयुक्त रूपमा बिमोचन गर्नु भयो ।
” विपदमा बाल अधिकारको सुनिश्चितता – हामी सबैको प्रतिबद्धता ” भन्ने मुल नाराका साथ यश बर्षको बाल दिवस मनाई रहदा कचलकवलले भने बालबालिकाका लेख रचना हरुलाई समेटेर ” कचलकवल बालमन्जुरी ” पुस्तक प्रकासन गरेको शिक्षा शाखा प्रमुख छवि बस्नेतले बताउनु भयो ।
उक्त अवसरमा भाद्र २६ गते भएको अन्तर मावी स्तरीय अनलाइन वक्तृत्वकला प्रतियोगितामा बिजयी छात्रछात्रालाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । वक्तृत्वकला प्रतियोगितामा लक्ष्मी प्रसाद देवकोटा मावी कि छात्रा प्रतीक्षा कार्की प्रथम ,लक्ष्मी मावी कि आरती अधिकारी द्वितिय ,विद्यानिकेतन माविकी रेसिका अधिकारी तृतीय तथा महेन्द्र रत्न माविकी हिना फिर्दोषी सान्त्वना पुरस्कार जितेका थिए ।
गाउँपालिका अध्यक्ष अन्जार आलमको प्रमुख आतिथ्य तथा उपाध्यक्ष तथा बाल संजालको प्रमुख निमसरी राजवन्सीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे । उक्त कार्यक्रमलाई प्रमुख अतिथी गाउँपालिका अध्यक्ष अन्जार आलम ,उपाध्यक्ष निमसरी राजवन्सी लगायतका महानुभावहरुले शुभकामना व्यक्त गर्नु भएको थियो ।
कचलकवल गाउँ शिक्षा समितिको सहकार्यमा संचालन भएको कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख छवि बस्नेतले गर्नु भएको थियोे 
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार