काठमाडौं । रुसको सोरेनवेल्थ फण्डले भारतमा १० करोड डोज कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आपूर्ति गर्ने सम्झौता गरेको छ ।

रुसले कोरोना भाइरसविरुद्धको पहिलो खोप दाबी गरेको स्पुतनिक भी भारतीय औषधि कम्पनी डाक्टर रेड्डिज ल्याबरेटरिजलाई फण्डले आपूर्ति गर्न लागेको हो । पछिल्लो समय आफ्नो खोपको वितरण विश्वभर विस्तार गर्ने दिशामा अघि बढिरहेको रुसले बुधबार यस्तो जानकारी दिएको हो ।

रुसको प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) र भारतीय कम्पनीको बीचमा भारतमा ३० करोड डोज खोप उत्पादनको सम्झौता भएसँगै भारतलाई १० करोड डोज खोप दिने सम्झौता भएको हो । रुसका लागि भारत तेल तथा सैन्य सामग्रीको प्रमुख खरिदकर्ता मुलुक हो । आरडीआईएफका अनुसार भारतको रेड्डिज ल्याबरेटरिजले स्पुतनिक भीको तेस्रो चरणको क्लिनिकल परीक्षण भारतमा पनि गर्नेछ ।

भारतमा कोरोना खोपको आपूर्ति सन् २०२० को अन्तिमबाट सुरु हुन सक्ने आरडीआईएफले बताएको छ । अहिले भारतमा कोरोना भाइरसका ५० लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित छन् भने ८२ हजारभन्दा धेरैको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । यसअघि नै आरडीआईएफले काजाकिस्तान, ब्राजिल र मेक्सिकोसँग खोप आपूर्तिको सम्झौता गरिसकेको छ ।

अहिलेसम्म कोरोना भाइरसविरुद्धको खोपको घोषणा गर्ने पहिलो मुलुक हो । यद्यपि अझैसम्म पनि खोपको तेस्रो चरणको क्लिनिकल परीक्षण भने सकिएको छैन । स्रोत : रोयटर्स

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार