नेपाल नर्सिङ परिषदको नाम दर्ता प्रमाणपत्र (लाइसेनिङ) परीक्षा आगामी मंसिर १३ गते हुने भएको छ । परिषदले सूचना जारी गर्दै लाइसेन्स परीक्षा आगामी मंसिर १३ गते हुने जानकारी गराएको हो । पीसीएल, बीएससी नर्सिङ र नेसनल लाइसेनिङ एक्जामिनेसनमा सहभागी हुने विद्यार्थीले ब्याचलर इन मिडवाइफरी साइन्स उत्तीर्ण भएको हुनुपर्ने छ।

परिषदका अनुसार परीक्षामा सहभागी हुन असोज ४ देखि कार्तिक ३ गते सम्ममा अनलाइन फाराम बुझाउनुपर्ने र कार्तिक ४ गतेदेखि कार्तिक १५ गतेसम्म दोब्बर दस्तुर बुझाउन पर्नेछ । परीक्षण शुल्क एक हजार ६०० तोकिएको छ भने दोब्बर दस्तुर बुझाउनुपर्ने भएमा ३ हजार १०० तोकिएको छ । परीक्षा मंसिर १३ गते बिहान ९ बजेदेखि ११ बजेर ३० मिनेटसम्म हुने जनाइएको छ ।

परीक्षा दिन आउने परिक्षार्थीका लागि मास्क अनिवार्य गरिएको छ भने प्रत्येक परीक्षार्थीको ज्वरो परीक्षण गरी परीक्षा हलमा प्रवेश गर्न दिइने परिषदले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार