अमेरिकाको न्यूयोर्कमा स्थानीय समय अनुसार शनिबार बिहानै अन्धाधुन्ध गोली प्रहार हुँदा दुईजनाको ज्यान गएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । न्यूयोर्कको रोचेस्टरमा भएको स्थानीयको पार्टीको क्रममा गोलीकाण्ड भएको हो । घटनामा कम्तीमा १४ जना घाइते भएका छन् ।

पेन्सिलभेनिया एभिन्यू नजिक घटना भएको हो । रोचेस्टर प्रहरीका कार्यकारी प्रमुख मार्क सिमोन्सले घटनामा १८ वर्षका युवक र २२ वर्षकी युवतीको ज्यान गएको हो ।

झण्डै १०० जनाको जमघट रहेको पार्टीमा गोली चलेको हो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार