इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं संस्करण आज (शनिबार) बाट संयुक्त अरब इमिरेन्ट्स (यूएइ)मा सुरु भएको छ । कोरोना भाइरसको महामारीको कारण आईपीएल यूएईमा हुन लागेको हो । लिगको उद्घाटन खेलमा गत संस्करणको विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किंग्स भिड्नेछन्।

खेल नेपाली समय अनुसार बेलुका ७ः४५ पछि शेख जायद स्टेडियम आबुधाबीमा हुनेछ। चेन्नई महेन्द्रसिंह धोनी र मुम्बई रोहित शर्माको कप्तानीमा मैदान उत्रने छ। मुम्बईले गत संस्करण चेन्नईलाई एक रनले पराजित गर्दै चौथो पटक आईपीएलको उपाधि उचालेको थियो।

चेन्नईले तीन पटक यस उपाधि जितेको छ भने पाँच पटक फाइनलमा पराजित भएको छ। तीन पटक फाइनलमा मुम्बईले चेन्नईलाई हराउँदै उपाधि जितेको थियो।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार