इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्‌वान्टी क्रिकेटमा आज एउटा मात्र खेल हुँदै छ । आज हुने खेलमा सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताको तेस्रो तीन दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हैदराबाद र बैंगलोर आफ्नो पहिलो खेल खेल्न लागेका हुन् । दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

आजको खेलमा दुवै टोली जित निकाल्ने योजनामा छन् । हैदराबाद डेभिड वार्नरको कप्तानीमा मैदान उत्रनेछ । यता बैंगलोर विराट कोहोलीको कप्तानीमा मैदान उत्रनेछ । हैदराबाद प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छ । प्रतियोगिताको पहिलो खेल नै दुवै टोलीको महत्त्वपूर्ण खेलको रुपमा हेरिएको छ ।

अघिल्लो संकरणमा दुई टिमबीच दुई भेट भएको थियो । जसमा दुवै टिमले एक(एक जित निकालेका थिए । यो संस्करणमा दुवै टोलीलाई उपाधि दाबेदारका रुपमा हेरिएको छ । हैदराबादका लागि राशिद खान, जोनी बेयर्सटो, भुवनेश्वर कुमारलगायतका उत्कृष्ट खेलाडी छन् । यता बैंगलोरसँग पनि आरोन फिन्च, एबी डी भिलियर्सजस्ता उत्कृष्ट खेलाडी छन् ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार