रोल्पाको थवाङ गाउँपालिका–२ बाट अफिमसहित दुई महिलालाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा थवाङ–२ ठूलोगाउँ घर भएका ३६ वर्षीया बिना ज्योती रोका र ४५ वर्षीया मुली झाँक्री छन् । इन्स्पेक्टर शंकर खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोमबार उनीहरुलाई थवाङको छेर्लावाङबाट पक्राउ गरेको हो ।

बिना ज्योती र मुलीको साथबाट ९ किलो ८२ ग्राम लागु औषध ९अफिम० बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । अफिम तस्करी गर्ने गिरोहले साईड भिर्ने लेडिज ब्याग बोकाएर ती महिलालाई भरियाको रुपमा प्रयोग गरेको हुनसक्ने बताइएको छ ।

बिना ज्योती रोकाले बोकेको बुट्टेदार साईड ब्यागबाट ४ किलो ९३५ ग्राम र मुली झाँक्रीले बोकेको रातो साइड ब्यागबाट ४ किलो ८८५ ग्राम लागुऔषध बरामद गरिएको छ । अदालतबाट लागुऔषध मुद्दामा म्याद थपेर उनीहरुबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार