हल्दिवारी गाउँपालिका वडा नम्बर ३ साविक जलथल १ स्थित देउनिया खोलामा आएको बाढीका कारण एक राई परिवार विस्थापिन हुन पुगेका छ्न ।
देउनिया खोलाको नजिकै सुकुम्बासी बस्तीका दिल बहादुर राईको घर समेत जोखिममा पुगेपछि नेपाल प्रहरी ,शसस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा घरलाई स्थान्तरण गरिएको गाउँपालिका प्रवक्ता सागर पोर्तेलले बताए ।
देउनिया खोलामा आएको बाढी सगै कटान शुरुभएपछी राईको भान्साघर बगाएको छ भने राईको १४ कठ्ठा जमिन समेत कटान गरेको पोर्तेलले बताए ।
गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरि ,वडा अध्यक्ष रोषन शिवाकोटी सहितको जनप्रतिनिधि हरुको टोलिले राई परिवार को उद्दार गरि तत्कालीन बसोबासको व्यवस्था मिलाइएको छ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार