काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले १९औं सत्याग्रहमा रहेका डा। गोविन्द केसीसँग तत्काल वार्ता शुरु गर्न र जायज माग पूरा गर्न माग गरेको छ ।

बुधबार कांग्रेसले एक विज्ञप्ति जारी गर्दै डा.केसी सँग तत्काल वार्ता गरी जीवन जोगाउन माग गरेको हो । विज्ञप्तिमा कांग्रेसले केसीलाई गरेको अपमानबाट सरकारको अविवेकी र अनुदार चरित्र थप उजागर गरेको बताएको छ ।

डा। केसीको पछिल्लो अनशन जुम्लामा शुरु भएर, नेपालगन्ज हुँदै काठमाडौ पुगेर जबर्जस्ती ट्रमा सेन्टर र त्यहाँबाट शिक्षण अस्पताल पुग्दै गर्दा सम्म सरकारले प्रस्तुत गरेको ब्यवहारले एक कर्मयोगिको अपमान मात्रै गरेको छैन सरकारको अविवेकी र अनुदार चरीत्र थप उजागर गरेको छ , विज्ञप्तिमा भनिएको छ

यस्तो छ कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्ति- डा के.सी. सँग तत्काल वार्ता शुरु गर्न, जायज माग पूरा गर्न र उहाँको जीवन जोगाउन प्रधानमन्त्रीलाई सार्वजनिक अपील ।

  • प्रधानमन्त्रीको अग्रसरता ०७५ साउन १० गते डा. गोविन्द के.सी.सँग नेपाल सरकारले गरेको सहमति स्वयं प्रधानमन्त्रीकै अगुवाइमा माघ महिना उल्लंघन नगरिएको भए आजको परिस्थिति आउने थिएन ।
  • डा. के.सी.को पछिल्लो अनशन जुम्लामा शुरु भएर, नेपालगन्ज हुँदै काठमाडौ पुगेर जबर्जस्ती ट्रमा सेन्टर र त्यहाँबाट शिक्षण अस्पताल पुग्दै गर्दा सम्म सरकारले प्रस्तुत गरेको ब्यवहारले एक कर्मयोगिको अपमान मात्रै गरेको छैन सरकारको अविवेकी र अनुदार चरीत्र थप उजागर गरेको छ ।
  • नेपाली कांग्रेसको पालामा चिकित्सा शिक्षामा विस्तार भएको, कांग्रेसकै पालामा चिकित्सा शिक्षामा सुधारका लागि उच्च स्तरीय माथेमा कार्यदल बनाइएको र डा।. के.सी.का मागहरू पूरा गर्दै “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, ०७४” पनि नेपाली कांग्रेसकै पालामा जारी गरिएको सर्वविदितै छ ।
  • सो अध्यादेशले मार्गप्रशस्त गरेको बाटोलाई नेकपाको सरकारले ईमानदार ढंगले कार्यान्वयनको दिशामा लगेको भए चिकित्सा शिक्षाको क्षेत्रमा सुधार र प्रगतिको गति यसबेला सम्म फरक उचाइमा पुगिसकेको हुने थियो । डा। के।सी।को यो अनशनको समयमा ‘बिराएको बाटोबाट ठिक बाटोमा आउन’ संघीय सरकारलाई नेपाली कांग्रेस हार्दिक अपील गर्दछ ।
  • डा.के.सी.को स्वास्थमा बढ्दो प्रतिकुलता दृष्टिगत गरेर तत्काल वार्ता समिति गठन गरि ‘इमानदार वार्ता र सार्थक कार्यान्वयन’ मा तदारुकता प्रस्तुत गर्न नेपाली कांग्रेस सम्माननिय प्रधानमन्त्री एवं उहाँको नेतृत्वको सरकारलाई अपील र आग्रह गर्दछ । जय नेपाल !

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार