हल्दीबारीमा नेपाली काँग्रेस र राप्रपा परित्याग गरि करिव ३०० जना युवाहरु नेकपामा प्रवेश गरेका छन् । नेकपामा प्रवेश गर्नेहरुमा हल्दीबारी-४ निबासी कबड्डीका राष्ट्रिय खेलाडी अमृत मेचे सहित १०० जना, हल्दीबारी-२ का कबड्डीकै राष्ट्रिय खेलाडी खड्ग राजवंशी सहित १०० जना, हल्दीबारी-४ का फुटबल खेलाडि सन्तोष मादेन सहित ५० जना र हल्दीबारी-३ का सामाजिक अभियान्ता अभिषेक खतिवडा र बिजय मेचे सहित ५० जना युवाहरु आज औपचारिक रुपमा नेकपामा प्रवेश गरेका छन् । 
 नवप्रवेशीहरुलाई नेकपा झापा जिल्ला कमिटी सदस्य एवंम् क्षेत्र न.३ `ख´ का सचिव नरेस चुडाल, नेकपा हल्दीबारी इन्चार्ज धर्म शिवाकोटी, जिल्ला कमिटी सदस्य एवंम् हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरी, जिल्ला सल्लाहकार सदस्य एवंम् तत्कालीन हल्दीबारी गाविस अध्यक्ष मोहनचन्द्र रेग्मी लगायतले टीका र खदा लगाएर पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रममा सम्बोधन गर्दै नेकपा झापाका सदस्य एवंम् हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले नेपाल कम्युनिस्ट पार्टी कस्तो पार्टी हो भन्ने कुरा अहिले हल्दीबारीमा भइरहेका विकासका कामहरुले प्रष्ट पार्ने बताए । उनले नेकपाले सबै युवाहरुलाई योग्यतामा र क्षमताको आधारमा व्यवस्थापन गर्ने बताए ।
नेकपा हल्दीबारी-३ का इन्चार्ज विष्णु प्रसाद ओलीको अध्यक्षतामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथी नेकपा झापा जिल्ला कमिटी सदस्य एवंम् क्षेत्र न. ३ `ख´ का सचिव नरेश चुडाल रहेका थिए भने अतिथीहरु नेकपा हल्दीबारी इन्चार्ज धर्म शिवाकोटी, जिल्ला कमिटी सदस्य एवंम् हल्दीबारी गाउँपालिका उपाध्यक्ष डम्बर गिरी, जिल्ला सल्लाहकार सदस्य मोहनचन्द्र रेग्मी लगायत रहेका थिए ।
नेकपा झापा जिल्ला प्रचार तथा प्रकाशन विभागका सदस्य सागर पोर्तेलले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य नेकपा हल्दीबारीका कार्यालय सदस्य महेशलाल मेचेले  स्वागत मन्तव्य राखेका थिए ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार