प्रदेश ब्यूरो- भद्रपुर/जनतान्त्रिक तराई मुक्ति मोर्चाले आफ्नो संगठनलाई विस्तार गर्ने क्रममा अब स्थानीय तहसम्म पुग्ने योजना बनाएको देखिन्छ ।

२०७२ को संविधान खारेजी, राज-संस्था पुनःस्थापना र वैदिक सनातन हिन्दु-राष्ट्र स्थापना, माटो सुहाउँदो बैज्ञानिक आत्मनिर्णयको अधिकार सहितको संघीय शासन ब्यवस्था लगायतका विभिन्न माग राखी चरणबद्ध आन्दोलन गर्दै आईरहेका उक्त मोर्चा कै नेतृत्वमा विभिन्न राजनीतिक एवं सामाजिक संगठनहरु आबद्ध भई राष्ट्रिय जनतान्त्रिक गठबन्धन निर्माण गरिएको छ र उक्त गठबन्धनले “राष्ट्र बचाउ अभियान” भन्ने राष्ट्रब्यापी अभियान पनि संचालन गर्दैआएको छ ।

मोर्चाका केन्द्रिय सदस्य दिपक कुमार सिंहले एक प्रेस बिज्ञप्ति जारी गर्दै भनेका छन् कि मोर्चाको महान उद्देश्यपुर्ती एवं जन-विद्रोहको तैयारी स्वरुप जन-सम्पर्कलाई निरन्तरता दिन देशैभरका स्थानीय तहहरुमा मोर्चा एवं मोर्चाका बर्गीय, जातीय, पेशागत लगायतका संगठनहरुको विस्तार, पुर्नगठन, समायोजनको नियमित प्रक्रियालाई निरन्तरता कै क्रममा धनुषा जिल्लाको लक्ष्मीनीयाँ गाउँपालिकामा मिति २०७७/०६/०७ गते बुधबारका दिन लक्ष्मीनीयाँ बजारमा व्यापक जनसहभागिताका बिच जनतान्त्रिक तराई मुक्ति मोर्चाको भातृ-संगठन “जनतान्त्रिक युवा संघ” को गाउँपालिका कमिटी निर्माण गरिएको जनाएका छन् ।

१२ सदस्य उक्त कमिटीको अध्यक्षमा “सब-ईन्जिनियर अर्थराज साह” लाई सर्वसहमतिले चयन गरिएको छ भने सदस्यहरुमा क्रमशः श्याम राउत, भरत राउत, सुदिप साह, सुजित यादव, उदय ठाकुर, विजय शर्मा, उदितनारायण यादव, सियाराम यादव, अरुण यादव र लालबाबु साह रहेका छन् । साथै बिज्ञप्तिमा भनिएको छ कि, देशमा विध्यमान भ्रष्टाचार, लुट-खसोट, अनियमितता, अराजकता, राज्य प्रायोजित एवं नियोजित आतंक, निरन्तर बढदो वैदेशिक हस्तक्षेप र हाम्रो धर्म, संस्कृति, परम्परा, इतिहास, मौलिकता, राष्ट्रिय एकता, राष्ट्रिय पहिचान, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र सनातन वैदिक दर्शन माथिको अनैतिक प्रहार, दमन, आक्रमण एवं देश-बेचुवा राष्ट्रघाती तथा जनघाती गतिविधिहरुको विरुद्ध हामी निरन्तर संघर्षरत रहेको तथ्य सर्व-विदित नै छ ।

अत: यस विषम परिस्थिति एवं इतिहास कै जटिल दुर्घटनाग्रस्त मोडमा रहेका हामी नेपाली र हाम्रो मातृभूमि नेपाललाई सुरक्षीत अवतरण गराउनुपर्ने हामी सम्पूर्ण देश-भक्त आम नेपालीको काँधमा आईपरेको छ । यस महान युगान्तकारी कर्तव्य एवं जिम्मेवारीलाई दृढतापुर्वक निर्वाह गर्न हामी एकजुट भई हातेमालो गर्दै “मुक्ति पथ” मा निरन्तर अगाडि बढ्नैपर्ने हुन्छ, “मानवतावादमा आधारित पूर्ण समतामूलक देश र समाज निर्माण, पूर्ण समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता, आत्मनिर्णयको अधिकार सहितको बैज्ञानिक संघीय संरचना सहितको जनतान्त्रिक शासन ब्यवस्था” स्थापना गर्नैपर्ने हुन्छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार