अर्घाखाँची-अर्घाखाँचीको शीतगंगामा पहिरो जाँदा १७ घर बगेका छन् । शीतगंगा नगरपालिका–१२ स्थित कोठिया मैदानको जोख्ले गैरा गाउँका १७ घर बगाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो एक्कासि पहिरो गएपछि सिंगो बस्ती बगाउँदै गर्दा घरमा बसेका केही मान्छेले भागेर ज्यान बचाउन सफल भएको बताइएको छ । पहिरो गएसँगै ३५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

मानवीय क्षतिको अझै एकिन भइनसकेको बताइएको छ । घर पालुवा जनावर पूरै बगाएर लगेको बताइएको छ । घटनास्थलमा जान समस्या भएको र अहिले पनि पहिरो बगिरहेको बताइएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार