काठमाडौं – यस बर्षको दशैंमा नेपाल राष्ट्र बैंकले नयाँ नोटहरु नबाड्ने भएको छ । नयाँ नोट वितरण गर्दा कोरोना संक्रमण फैलन सक्ने जोखिम हुने हुनाले राष्ट्र बैकले यो बर्षको दशैंमा नयाँ नोट नबाड्ने योजनामा रहेको बताइएको छ ।

नेपालमा कोरोनाभाइरसको जोखिम बढ्दै गइरहेकोले यस बर्षको दशैमा भीडभाड हुने हुनाले नयाँ नोट बितरण नगर्ने योजनामा राष्ट्र बैक रहेको बताइएको छ ।

दशैंमा नयाँ नोट वितरण नगर्ने बारेमा राष्ट्र बैंकले आधिकारिक जानकारी भने दिएको छैन । राष्ट्र बैंकले हरके बर्ष नेपालीहरुको महान चाड दशैंको अवसरमा ५, १०, २०, ५० र १०० रुपैया दरका नयाँ नोटहरु साट्दै आइरहेको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार