काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर मृत्यु हुने र संक्रमितको संख्या बढ्दै गइरहेको छ । कोरोना संक्रमणबाट विश्वमा सबैभन्दा बढी अमेरिका, भारत, ब्राजिल, रसिया लगायतका ठुला देशहरु बढी प्रभावित भएका छन् ।

यस्तै वर्ल्डोमिटर्सको तथ्यांक अनुसार यो समाचार तयार पार्दासम्म विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख ९३ हजार ४ सय ६२ पुगेको छ भने संक्रमितको संख्या ३ करोड २७ लाख ६२ हजार ७ सय ९० पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका २ करोड ४१ लाख ७४ हजार ८ सय ६६ जना उपचारपछि निको भएका छन् ।

हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट २ लाख ८ हजार ४ सय ४० जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ७२ लाख ४४ हजार १ सय ८४ पुगेको छ ।

त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या १ लाख ४० हजार ७ सय ९ पुगेको छ भने संक्रमितको संख्या ४६ लाख ९२ हजार ५ सय ७९ पुगेको छ ।

त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार ५६ पुगेको छ भने संक्रमितको संख्या ११ लाख ३६ हजार ४८ पुगेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार