काठमाडौँ। आजको भौतिक संसारमा, जीवनको सफलतालाई के को आधारमा मापन गर्ने, सायद यो प्रश्नको उत्तर निकै नै जटिल बनेको छ। कसैले सफलतालाई भौतिक सम्पतिको आधारमा मापन गर्छन भने कसैले यसलाई अध्यात्मिक पाटोबाट लिने गर्छन ।

मानिसको यस जटिलतालाई सहज गर्न भगवान श्रीकृष्णले महाभारतमा अर्जुनलाई क्षत्रिय दायित्व पूरा गर्न र धर्म स्थापना गर्न विभिन्न प्रकारको दार्शनिक अवधारणा दिएका थिए जसले जीवनलाई मोक्ष बनाउन र सफलता हासिल हुने विश्वास गरिन्छ। भगवान श्रीकृष्णले दिएका दिब्य ज्ञान आजको दिनसम्म पनि अनुसरण गर्दा मनिसको जीवन सफल हुने धार्मिक विश्वास छ।

१ . कर्तब्य प्रति उत्तरदायी हुनु नै धर्म हो स् युद्धको मैदानमा भगवान श्रीकृष्ण अर्जुनलाई आफ्नो क्षत्रिय वा योद्धाको दायित्व पूरा गर्न सल्लाह दिएको पाइन्छ। युद्ध मैदानमा एक योद्धाले कहिल्यै कसैको अधीनमा नरही आफ्नो अस्तित्वको लागि लड्नुपर्छ, कुनै पनि आवेगमा आएर आफ्नो कर्तव्यलाई भुल्नु नहुने भनेर सुनाउछन।

त्यस्तै दैनिक जीवनमा पनि मानिसले कहिले आफ्नो कर्तव्यबाट भाग्नु हुदैन, यदि मानिसले आफ्नो कर्तव्यलाई निष्ठापुर्वक अंगाली दैनिक जीवन अङ्गीकार गर्दा एक मानिस सफल हुने निश्चय हुन्छ।

२ . जे हुन्छ सधैं राम्रोको लागि हुन्छ स् भगवान श्रीकृष्णले गीतामा, यो संसारमा जे जति भए सबै राम्रैको लागि भयो, जे अहिले हुदैछ त्योपनि राम्रैकै लागी हुन्छ र भविष्यमा जे हुन्छ त्यो पनि राम्रोको लागि हुन्छ। जसरि रात पछि दिन आउछ , भारि वर्षापछि न्यानो सुर्यको ताप धर्तीमा पर्दछ, त्यसैगरी जीवनमा जति सुकै दुख परेपनि एकदिन त्यो अवश्य टरेर जान्छ र सुखको अनुभव गर्ने मौक हरेक ले पाउछ भनेर अर्जुन दिब्य ज्ञान दिदछन।

३ .  यो शरीर आत्माका लागी बाहिरि वस्त्र जस्तै हो स् हिन्दु धर्मशास्त्रमा शारीर नास्वान रहेको तर आत्मा भने कहिले नमर्ने भनेर उल्लेख गरेको पाइन्छ। जसरी एक मानिसले आफ्नो पुरानो तथा थोत्रो लुगालाई त्यागि नयाँ लुगा लगाउँदछ, त्यसरीनै मूर्त आत्माले थकित शरीर त्यागी नयाँ शरीरमा प्रवेश गर्छ।

तसर्थ, भगवान श्रीकृष्ण अर्जुनलाई एकको निधन भनेको अर्को नयाँ शरीरको जन्म हो जुन प्रकृतिक प्रक्रिया हो र सधै भरि चलिरहने भनेर सम्झाउछन।

४ .  मृत्यु मोक्षको द्वार हो स् भगवान श्रीकृष्ण अर्जुनलाई मृत्यु कुनै पनि विपति नभइ, यसले मोक्षको बाटोमा डोर्याउने भनेर सम्झाउदछन। मोक्ष अर्थात् आफ्नो परमात्मा वा आफुमा भएको ईश्वरी गुणलाई चिन्ने अवसर।

अहिलेको यो भौतिक संसारमा एक जीवित् र विवेकशील मानिसले कहिलेपनि मोक्षको खोजीमा हिडेको पाइन्दैन उ जहिले पनि आफुले सृजाना गरेको सानो भौतिक संसारमा रमाउने गर्दछ।

उ त्यो सानो संसारबाट कहिलेपनि माथि उठ्न सकेको हुदैन। ततपस्चात मृत्युले नै मानिसको मोक्ष प्राप्तिमा सहयोग गर्ने गर्दछ र यसमा कोहिपनि शोकाकुल हुनुपर्ने आवश्यक छैन भनेर भगवान श्रीकृष्णले अर्जुनलाई बताउदछन।

५ .  सृष्टिलाई परिवर्तन अपरिहार्य छ स् सायद परिवर्तन शब्द वाहेक यस ब्रह्माण्डमा सबै दृश्यमा आउने वस्तु तथा चिजहरु परिवर्तनशील छन्। परिवर्तनको सार्वभौमिक कानूनको कसैको अधीनमा छैन र जीवनमा स्थायी केहि पनि छैन ।

मानिस संग भएका भौतिक सम्पतिहरु समाप्त भएर जान्छन, मानिसको सम्बन्धले नयाँ रुप लिदै जान्छ, कसैको सम्बन्ध बिग्रिन्छ भने कसैको सप्रन्छ। यतिमात्रै नभएर यो शृष्टि आफैमा परिवर्तनशील छ।

अहिले जहा ठुला ठुला पहाड छन् भोलि त्यहाँ सम्म जमिन हुन सक्छ त्यसकारण भगवान श्रीकृष्ण अर्जुनलाई हरेक मानिसले परिवर्तनको नियमलाई स्विकार्नु पर्दछ भनेर सल्लाह दिन्छन।

६ .  जीवनमा सन्तुलनको सारस् मानिसले जहिले पनि आफ्नो जिवनलाई सन्तुलीत बनाउन सिक्नुपर्दछ। जीवनमा घट्ने सबै घटना केहि क्षणका लागि मात्र हुनेगर्दछन् चाहे त्यो सुखको वा दुखका क्षण हुन्।

त्यसैगरी, कसैले पनि कसैलाई एकतर्फी प्रेम वा घृणा गर्न सक्दैन, हरेक कुराका दुईवटा पक्ष हुन्छन र कुनै वस्तु यस ब्रह्माण्डमा स्थायी रुप रहने गर्दैनन्।

७ .  अफ्ठ्यारो समय जीवनका लागी एक पाठस् मानिसको मन र आत्मा सधैभरि विकासको प्रक्रियामा चलिरहेको हुन्छन। जीवनमा यस्ता समस्यापनि आउने गर्दछन जसले मानिसलाई ठुलो वज्रपात पर्न सक्छ तर त्यहि जीवनको समस्याले मानिसलाई एक असल र मुल्यवानपाठ सिकाएर जानेगर्छन।

त्यसकारण, भगवान श्रीकृष्ण अर्जुनलाई जीवन सधै सरल र सहज साथै कठिन र अप्ठेरो हुन्छ भनेर नसोच्न आग्रह गर्दछन र हरेक समस्याको सामना गर्न र त्यस समस्याबाट सिकेको पाठलाई सधैव मनन गरि जीवनलाई आशावान भएर चिन्तन गर्नुपर्ने सल्लाह दिन्छन।

८ .  जीवनमा समर्पणको महत्वस् भगवान श्रीकृष्ण अर्जुनलाई समर्पणको अर्थ बुजाउदै, यो ब्रह्माण्ड सबै भगवानले सृष्टि गरेको हुँदा मानिसले प्राप्त गरेको सम्पूर्ण भौतिक तथा अन्य सम्पतिहरु ईश्वरमा समर्पित गर्नुपर्ने भनेका छन्। इश्वरबाट सुरु भएको मानिसको जिवन इश्वरमै समाप्त हुने भएका कारण समर्पणको महत्व अर्जुनलाई बताउछन।

९ .  कर्म गर्नु, फलको आश नगर्नुस् भगवान श्रीकृष्ण अर्जुनलाई मानिस गतिशील प्राणी हो, त्यसकारण उसले हरेक पल कार्य गरिरहेको हुन्छ। मानिसले कर्मप्रति देखाएको उत्तर्दयित्वले उसको धर्मलाई प्रतिनिधित्व गर्दछ। तर मानिसको लोभ र मायाले गर्दा उसले जहिले पनि कर्मको फल खोज्ने गर्दछ जुन भगवान श्रीकृष्णका अनुसार गलत हो।

१ .  आत्माविश्वासको शक्तिस् यस ब्रह्माण्डमा हरेक मानिस उसको आत्मविश्वासले बन्दछ। मानिसले जस्तो सोच वा विस्वास रख्दछ उ त्यस्तै बन्दछ। यदि कसैले हारको सोच वा विश्वास गर्छ भने उसले अवश्य हारको सामना गर्नुपर्ने हुन्छ तर यदि त्यहि मानिसले जित्छु भनेर आत्मविश्वास देखाउद्छ अवश्यपनि उसले केहि न केहि जित हाँसिल गर्न सक्छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार