हल्दिबारी न्यूज डेक्स- दमक। मोरङको उर्लाबारी नगरपालिका–६ मा रहेको राधिका माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार पोखरेलमाथि कुटपिट भएको छ ।
कपाल काट्न निर्देशन दिएको रिसमा विद्यार्थीले शिक्षक पोखरेलमाथि कुटपिट गरेका हुन् । विद्यालयमा अनुशासन कायम गर्न उनले लामो कपाल पाल्ने विद्यार्थीलाई काटेर मात्रै विद्यालय आउन भनेका थिए । सोही विषयलाई लिएर विद्यार्थीहरूले पोखरेलमाथि आक्रमण गरेका हुन् ।
विद्यार्थीले शिक्षकलाई विद्यालयमा नै सिसाको बोतलले टाउकोमा प्रहार गरेका थिए ।शिक्षक पोखरेलमाथि कुटपिटको घटनाको नेपाल राहत शिक्षक जिल्ला समिति मोरङ र उर्लाबारी नगर समितिले आपत्ति जनाएको छ । विज्ञप्ति जारी गर्दै समितिले दोषीलाई कडा कारवाही गर्न प्रशासनसँग माग गरेको छ ।-आनन्द थापा
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार